प्रदेश

धनगढीबाट मेयर हमाल नेतृत्वको सरकारी टोली बडीमालिका प्रस्थान

धनगढीबाट मेयर हमाल नेतृत्वको सरकारी टोली बडीमालिका प्रस्थान

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा सरकारी टोली बाजुराको बडीमालिका प्रस्थान गरेको छ ।

बडीमालिका मन्दिरमा विशेष पूजा तथा दर्शनका लागि टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई धनगढी उपमहानगरपालिकाबाट फूलमाला, अबिर तथा पञ्चेबाजासहित धार्मिक तथा सांस्कृतिक विधिपूर्वक बिदाइ गरिएको थियो ।

राणाकालदेखि डोटीबाट गोर्खा पल्टन र जुम्लाबाट चन्द्रनाथको पल्टन बडीमालिका पठाउने परम्परा छ । गतवर्षदेखि धनगढी उपमहानगरले पनि सरकारी पूजा टोली पठाउँदै आएको हो । 

सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा सबै जिल्लाका नागरिकको बसोबास रहेको र बडीमालिकाप्रति आस्था रहेको हुँदा पूजा सामग्रीसहित सरकारी टोली पठाउन सुरु गरिएको बताइएको छ ।